
१ वैशाख, काठमाडौं । लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले बताए ।
समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको दुर्घटनास्थलमै मृत्यु भएको थियो ।
अर्का असई रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।
समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल छन् ।
लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ ।
प्रतिक्रिया 4