२ वैशाख, काठमाडौं । नेपालले यू-१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले मलेसियामाथि ८ विकेटको जित हात पारेको छ ।
मलेसियालाई ९२ रनमा समेटेको नेपालले मात्र १३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । तर, यूएईले कतारलाई हराएका कारण नेपालको विश्वकप छनोटको सम्भावना भने कठिन देखिएको छ ।
नेपालका लागि ओपनर रित गौत्तमले अविजित ३९ रन बनाए । आशिफ शेखले २६ रन बनाउँदा अर्का ओपनर पवन सर्राफ १९ रनमा आउट भए ।
यसअघि आयोजक मलेसियाले बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गर्दै ३३.५ ओभरमा सबै विकेटको क्षतिमा ९२ रन मात्रै बनाउन सक्यो ।
मलेसियाका तीन जना खेलाडी बाहेक अन्यले दोहोरो अंक पनि बटुल्न सकेन । लेजात ड्यानियल फिक्रीले ३७ रन बनाए । कप्तान मोहम्मद अमिरले १३ रन बनाउँदा हकिम हरिसानले १० रन बनाए ।
बलिङतर्फ नेपालका पवन सर्राफ र कुशल मल्लले समान ३-३ विकेट लिए भने कमलसिंह ऐरीले दुई विकेट लिए ।
यूएईको लगातार तेस्रो जित
अर्को खेलमा भने यूएईले कुबेतविरुद्ध सात विकेटले जित हात पारेको छ । ५७ रनको सामान्य चुनौती पाएको यूएईले ८ ओभरमै तीन विकेटको क्षतिमा खेल आफ्नो पक्षमा पारेको हो ।
यूएईले कुबेतलाई फराकिलो अन्तरले पराजित गरेसँगै नेपालको विश्वकप पुग्ने यात्रा झनै कठिन बनेको छ । पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपाललाई दोस्रो खेलमा भने वषर्ा बाधक बनेपछि यूएईसँग डिएल मेथोडमा एक रनले पराजित भएको थियो ।
विश्वकपमा छनोट हुनका लागि अब नेपालले बाँकी सबै खेल जितेर मात्रै हुँदैन । युएईले पनि कुनै एक खेल हार्नुपर्ने हुन्छ ।
तर, यूएईले खेल्न बाँकी दुबै टिम कमजोर भएकाले नेपालको विश्वकप सपनामा धक्का लाग्ने खतरा छ ।
प्रतिक्रिया 4