Comments Add Comment

जौंको सातुः गर्मीको सुपाच्य खानेकुरा

मध्य गर्मीको बेला हामीकहाँ सातु खाने परम्परा छ । खासगरी जौको सातु । यससँगै सख्खरको सर्वत पनि । अहिले हामी एक दिन जौको सातु र सख्खरको सर्वत खाएर कर्मकाण्ड पुरा गर्छौं । वैशाख शुक्ल तृतीयाका दिन जौको सातु खाने धार्मिक परम्परा छ ।

यद्यपी एक दिन जौको सातु र सख्खरको सर्वत सेवन गरेर हुँदैन । हाम्रा पितापूर्खाले यसलाई धर्म-संस्कारको रुपमा यसकारण जोडिदिए कि, जसलाई पुस्तौ-पुस्ताले निरन्तरता दियोस् । हामीले चाहि के बुझ्यौं भने धर्म-परम्परा निर्वाह गर्नका लागि एक दिन जौको सातु खाए पुग्छ । जबकी यसको आर्युवेदिक महत्व एवं स्वास्थ्य लाभबारे हामीले बुझेनौ । बुझ्ने उत्सकुता देखाएनौ ।

मौसमी खाना

हाम्रा पितापूर्खाले मौसम अनुकुल खानेकुराको पहिचान र विकास गरे । वास्तवमा यो एक खोज र अनुसन्धान थियो । गर्मी याममा कस्ता खानेकुरा खाने ? त्यसले शरीरलाई कुन किसिमको प्रभाव पार्छ ?

उनीहरुले खोज गरेको यी खानपानलाई संस्कारको रुपमा विकास गरिदिए । तर, हामीले संस्कारलाई ‘पुरातन सोंच र शैली’ भनेर बेवास्ता गर्दै आएका छौ । जबकी हरेक संस्कारसँग जोडिएर आउने खानपान, विधी-विधान आदि निकै वैज्ञानिक र अर्थपूर्ण छ । जस्तो गर्मीमा किन जौको सातु खाने भन्ने कुराको पनि खास महत्व छ ।

कुनैपनि मौसम अनुसार हामीले आफ्नो खानपान शैली बदल्नुपर्छ । सबै मौसममा उस्तै खानेकुरा शरीरले रुचाउँदैन । शरीर र बाहिरी मौसमको तालमेल मिलाउने हिसाबले हामीले त्यही अनुसारको खानपान गर्नुपर्छ ।

गर्मीमा हामीले त्यस्तै खानेकुरा सेवन गर्नुपर्छ, जसले शरीरलाई सितलता प्रदान गर्छ । जाडो याममा खाइने खानेकुराले शरीरको तापमान सन्तुलन राख्नुपर्छ । यसैगरी वषर्ायाममा पनि खानपान शैली बदल्नुपर्छ ।

गर्मीमा सातु

गर्मी याममा शरीरमा पानीको मात्रा पर्याप्त हुनुपर्छ । यतिबेला शरीरलाई हाइड्रेड राख्न सक्नुपर्छ । यसका लागि उपयोगी हुन्छ, जौको सातु ।

जौको सातुले शरीरलाई हाइड्रेट राख्ने मात्र होइन, पेटलाई सितल पनि बनाउँछ । तराई क्षेत्रमा लूबाट बच्न पनि सातु उपयोगी हुन्छ । किनभने जौको सातुले शरीरलाई सीतल बनाइराख्छ ।

शरीरको विकार हटाउन

सातुलाई पानीमा घोलेर सेवन गर्दा निकै फाइदा गर्छ । यसले शरीरमा रहेकोल विषाक्त तत्व पिसाबको माध्यामबाट बाहिर निकाल्छ । साथसाथै यसले मिर्गौलालाई पनि शुद्धिकरण गर्छ ।

जोर्नीको दुखाई कम गर्ने

सातुमा एन्टि इन्फ्लाइमेन्ट्री गुण हुन्छ, जसले जोर्नीको दुखाईबाट छुटकारा दिलाउँछ । यदि तपाईं जोर्नीको समस्याले ग्रस्त हुनुहुन्छ भने पनि दैनिक जौंमा पानी घोलेर सेवन गर्न सक्नुहुन्छ ।

फाइबरले भरिपूर्ण

जौको सातु फाइबरले भरिपूर्ण हुन्छ । यसको सेवनले पाचन यन्त्रलाई बलियो र सफा राख्छ । कब्जियतको समस्या पनि हुन दिदैन ।

मधुमेह रोगीका लागि बढी लाभदायक

जौको सातुमा बीटा ग्लूकेन नामक तत्व हुन्छ, जसले शरीरमा ग्लुकोज अवशोषित गर्छ र ब्लड शुगरको मात्रा सन्तुलित राख्छ ।

मिर्गौंलाको समस्यामा

मिर्गौलामा पत्थरी भएमा यसबाट छुटकारा पाउनका लागि जौको सातु रामबाण उपचार हो । एक गिलास पानीमा सातु मिश्रण गरेर नियिमत सेवन गर्दा मिर्गौलाको पत्थरी हट्छ ।

एनिमियाको समस्याबाट मुक्त

शरीरमा रगतको कमी भएमा एनिमिया हुन्छ । यस्तो अवस्थामा पनि जौको सातु लाभदायक हुन्छ ।

भोक मेट्ने

हामीलाई कहिले काहीँ भोक लागेको अनुभव हुन्छ । वास्तविक भोक भने होइन । यसरी भोक लागेको महसुष हुनसाथ हामी केही न केही खान्छौं, जसले मोटोपन बढ्छ । अतः जौको सातु खाने हो भने यसरी भोक लागेको महसुष हुँदैन ।

प्रोटिनको स्रोत

सातु प्रोटिनको पनि स्रोत हो । सातुले खासगरी पेटको समस्यालाई पनि कम गर्छ । कलेजोलाई बलियो बनाउँछ ।

आयुर्वेदिक महत्व

जौको सातु एक प्राकृतिक औषधी पनि हो । जौको गुणबारे आयुर्वेदमा उल्लेख छ । आयुर्वेदमा यसलाई टर्रो, केही मधुर र नरम भनी उल्लेख गरिएको छ । यसले कण्ठरोग, चर्मरोग, सास एवं कफ रोगमा फाइदा गर्ने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment