Comments Add Comment

रियल मड्रिडमा हजार्डसँगै दुई खेलाडी !

६ वैशाख, काठमाडौं । इंग्लिस क्लब चेल्सीका फरवार्ड इडन हजार्डसहित स्पेनिस क्लब रियल मड्रिडले नयाँ सिजनका लागि तीन खेलाडी ल्याउने भएको छ  ।

हजार्डसँगै मड्रिडले ब्राजिलियन क्लब सान्तोषबाट फरवार्ड रोडि्रगो र पोर्चुगिज क्लब पोर्टोमा रहेका ब्राजिलियन डिफेन्डर इडर मिलिटाओलाई ल्याउने भएको हो । तीनै खेलाडीसँग सहमति भइसकेको र सम्झौताको प्रक्रिया केही दिनमा सकिने स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ ।

हजार्डसँग मड्रिडले लामो समयदेखि कुराकानि गरिरहे पनि आधिकारिक धारणा भने बाहिरिसकेको छैन । नयाँ सिजनमा चेल्सीले उनलाई बेचेर बोरुसिया डर्टमुण्डका क्रिष्टियन पुलिसिकलाई ल्याउन लागेको पनि खबरमा उल्लेख छ ।

यसैले चेल्सीसँगको नयाँ सम्झौतामा पनि हजार्डले इच्छा नदेखाएको बताइएको छ । उनका लागि मड्रिडले झण्डै सय मिलियन युरो खर्च गर्न लागेको छ । गएको सिजन भने चेल्सीले हजार्डको मूल्य दुई सय मिलियन युरो मागेको थियो ।

प्रशिक्षक जिनेदिने जिदानले म्यानचेस्टर युनाइटेडबाट पोउल पोग्बालाई समेत ल्याउने इच्छा देखाए पनि मड्रिड बोर्डले भने त्यसमा समर्थन गरेको छैन । उनका लागि १५० मिलियन युरो असाध्यै धेरै भएको र क्लबले त्यति पैसा खर्च गर्ने अवस्था नरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment