+
+

सामुदायिक विद्यालयमा छोराछोरी पढाउन नगरपालिकाको पत्र

रासस रासस
२०७६ वैशाख ६ गते १७:२२

६ वैशाख, भरतपुर । सामुदायिक विद्यालयको अवस्था निरन्तर खस्किँदै गएपछि चितवनको रत्ननगर नगरपालिकाले नगरभित्रका सरकारी शिक्षक र कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने भन्दै परिपत्र गरेको छ ।

वैशाख २ गते परिपत्र गर्दै नगरपालिकाले सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधिलगायत सरकारी तलब भत्ता सुविधा लिने सम्पूर्णले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्देशन दिएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि यस्तो निर्णय गरिएको रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वनले जानकारी दिए । ‘सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किँदै जाँदा विद्यार्थीको सङ्ख्यासमेत कम हुँदै जाने अवस्था छ’, प्रमुख वनले भने, ‘सरकारी तलब खानेहरूका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने आवाज पहिलेदेखि नै उठ्दै आएको हो ।’

विद्यार्थी सङ्गठन तथा अभिभावक सङ्घ–सङ्गठनले पनि पटक–पटक आवाज उठाउँदै आएको उनले बताए । सरकारी विद्यालय बलियो बनाउन सरकारी तलब खाने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने व्यवस्था राम्रो विकल्प हुने उनको तर्क छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?