+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पुनर्निर्माणका ४ हजार ईन्जिनियरद्वार राजीनामा घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १२ गते १६:४७

१२ वैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका करिब ४ हजार ईन्जिनियरहरुले बिहीबार सामुहिक राजीनामाको घोषणा गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष ई. अविनाश अमरले राजीनामा घोषणा गर्दै भने,’सरकारले हामीलाई अन्यायमा पारेको कारणले हामी चरणबद्ध आन्दोलनमा थियौं । तर, धैर्यताको बाँध भत्किएकोले आजैको मितिबाट लागू हुने गरी हामी ३२ जिल्लाका सम्पूर्ण प्राविधिकहरुले सामूहिक राजीनामा घोषणा गरेका छौं ।’

आफूहरुले अघि सारेका मागप्रति सरकार संवेदनशील नभएकोले बाध्य भएर सामुहिक राजीनामा दिएको अध्यक्ष अमरले बताए ।

मितिले गत चैत्र ३ गतेबाट देशव्यापी चरणबद्ध आन्दोलन गर्दै आएको थियो । तर, सरकारले चरणबद्ध आन्दोलन गर्दापनि जायज मागप्रति कुनै सुनुवाई नगरेको र उल्टै आफूहरुलाई सेवा सुविधाबाट बञ्चित गराएकोले बाध्य भएर राजीनामा घोषण गरेको समितिका अध्यक्ष ई. अविनाश अमरले प्रस्ट्याए ।

सरकारले आफूहरुको माग सुनुवाई नगरेसम्म काममा नफर्किनेसमेत उनले स्पष्ट पारे ।

यसअघि चैत्र १२ गते नेपाल ईन्जिनियर्स एशोसिएसनको मध्यस्थतामा प्राधिकरण र आफूहरुबीच सहमति भएर एक साताभित्र सबै माग पूरा गराउने प्रतिबद्धतासहित काममा फर्किए पनि सरकारले सहमति उल्लंघन गरेको समितिको आरोप छ ।

समितिले आफूहरुले खाइपाई आएको प्रोत्साहन भक्ता, भौगोलिक भक्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?