Comments Add Comment

नयाँ वर्षको ‘सुजुकी सियोर प्राईज’ योजना, ४ लाख सम्मको नगद छुट

१५ वैशाख, काठमाडौं। सीजी मोटोकर्पले नयाँ वर्ष २०७६ को लागि नयाँ योजना सार्वजनिक गरेको छ ।

सीजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सीजी होल्डिङस् तथा सुजुकी फोर ह्वीलर्सको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ वर्ष अवसरमा सुजुकी सियोर प्राईज योजना प्रस्तुत गरेको हो ।

यस योजना अन्तर्गत, सुजुकीका ग्राहकहरुले ४ लाख सम्मको नगद छुट, १ लाखसम्मको एक्चेञ्ज बोनस तथा एक वर्षको लागि निःशुल्क बिमा पनि प्राप्त गर्न सकिनेछ ।

यो योजना यही वैशाख १३ गतेदेखि प्रारम्भ भई सीमित अवधिको लागि सीमित मोडेलहरुमा लागू गरिएको छ । योजना भने नेपाल अधिराज्यभर लागू हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment