+
+

फोरमको चेतावनी : संविधान संशोधन नभए सत्ता सहकार्य टुट्न सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १६ गते १९:०४

१६ वैशाख, काठमाडौं । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनको सहमति कार्यान्वयन नभए सहकार्य टुट्न सक्ने चेतावनी दिएका छन् ।

सत्तारुढ नेकपासँग संविधान संशोधन गर्ने सहितका दुई बुँदे सहमति गरेर फोरम नेपाल सरकारका सहभागी भएको थियो । उक्त सहमतिअनुसार संविधान संशोधन गर्ने सहमति कार्यान्वयन नभए नेकपासँग सत्ता सहकार्य टुट्न सक्ने चेतावनी फोरमका सहअध्यक्ष श्रेष्ठले दिएका हुन् ।

सोमबार संसदको वर्षे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘संविधान संशोधन गर्ने सहितको दुई बुँदे सहमती गरेका थियौं । उक्त सहमति कार्यान्वयनमा बेवास्ता गरिन्छ भने, नेकपासँगको सत्तासहकार्य टुट्न पनि सक्छ ।’

बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले पनि संविधान संशोधन गरेर सबैले संविधानप्रति अपनत्व गर्न सक्ने वातावरण बनाउन आग्रह गरेका थिए ।

बजेट अधिवेशनको पहिलो दिन संसदलाई सम्बोधन गर्दै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले हावाहुरी प्रभावित बारा, पर्सामा घर निमार्णको जिम्मा प्रदेश सरकार वा स्थानीय तहलाई दिन आग्रह गरे ।

‘हावाहुरी प्रभावित क्षेत्रमा घर बनाउन स्थानीय तह वा प्रदेश सरकार चाहन्छ । तर, संघीय सरकारले नेपाली सेनालाई जिम्मा दिइदैछ’, अध्यक्ष मण्डलका सदस्य झाले हिन्दीमा भने, ‘हावाहुरी प्रभावत क्षेत्रमा घर निमार्णको जिम्मा स्थानीय तहलाई वा प्रदेश सरकारलाई दिन राजपा नेपाल आग्रह गर्दछ ।’

नेपाली सेनालाई विकासका ठूला आयोजना दिनु पनि उचित नहुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?