
१९ वैशाख, गोरखा । बेहुली र जन्ती पक्षबीच कुटाकुट हुँदा गोरखामा एकजनाको मृत्यु भएको छ ।
केटी जिस्क्याएको भन्दै लम्जुङबाट आएको जन्ती पक्षलाई बुधबार गोरखाको पालुङटार नगरपालिका-४ कुमाल गाउँका बेहुली पक्षले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते लम्जुङका ३४ वर्षीय बिष्णुबहादुर कुमालको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको एसपी भोला रावलले बताए ।
‘गाउँको केटीहरु जिस्क्याएको भन्दै बेहुली पक्षका केटाहरुले गाडी रोकेर जन्ती पक्षलाई कुटेछन्,’ घटनाको पुष्टि गर्दै एसपी रावलले भने । कुटपिटबाट जन्ती पक्षकै अर्का एक जना घाइते छन् ।
कुटपिटमा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको एसपी रावलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4