+

स्पेनका जाभीद्वारा सन्यासको घोषणा, भन्छन् : अब प्रशिक्षक बन्छु

२०७६ वैशाख  २० गते १४:४५ २०७६ वैशाख २० गते १४:४५
स्पेनका जाभीद्वारा सन्यासको घोषणा, भन्छन् : अब प्रशिक्षक बन्छु

२० वैशाख, काठमाडौं । बार्सिलोनाका पूर्व खेलाडी तथा स्पेनका मिडफिल्डर जाभी हर्नान्डेजले खेलाडी जीवनबाट सन्यास लिने घोषणा गरेका छन् ।

२१ वर्षे लामो खेलाडी जीवनबाट यसी सेसनको अन्त्यपछि विदा लिने उल्लेख गरेका हुन् । ३९ वर्षीय जाभी अहिले कतारी क्लब अल सद एससीमा आबद्ध छन् ।

सन् २०१० को विश्वकप स्पेनले जित्दा मुख्य खेलाडी थिए जाभी । त्यस्तै, जाभीले बार्सिलोनालाई ८ पटक ला लिगा र चार पटक च्याम्पियन्स लिगको ट्रफि दिलाउन महत्वपूर्ण भूमिका खेलका छन् ।

सन् १९९८ देखि २०१५ सम्म बार्सिलोना क्लबमा खेलेका जाभीले २०१५ पछि भने तीन वर्षका लागि कतारी क्लबमा अनुबन्धित भएका थिए । सन् २००४ मा राष्ट्रिय टिममा डेब्यु गरेका उनले १३३ खेलमा १३ गोल गरेका छन् ।

सन्यासको घोषणा गर्दै जाभीले भनेका छन्, ‘यो सिजन मेरो अन्तिम हुनेछ । प्रशिक्षकको रुपमा अब म आफ्नो करिअर बनाउने छु ।’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय