Comments Add Comment

सिने क्षेत्रका २ जोडी, जो आज बिहे बन्धनमा बाँधिदैछन्

चलचित्र क्षेत्रका २ जोडीले आज बिहे गर्दैछन् । केही समय अगाडि नै कोर्ट म्यारिज गरेर एकसाथ रहँदै आएका निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाइले आज बिहे गर्दैछन् । दिवाकर र दीपिकाले वैशाख २४ गते बिहे हुन लागेको जानकारी यसअगाडि पनि दिदै आएका थिए । उनीहरुले केही बर्ष प्रेममा रहेर केही समय अगाडि मात्र कोर्ट म्यारिज गरेका थिए ।

दिवाकरले नै निर्देशन गरेको चलचित्र ‘ऐश्वर्य’मा काम गरेपछि दीपिका र दिवाकरको प्रेम रहेको चर्चा चलेको थियो । यस्तै, आज नै काठमाण्डौको एक पार्टी प्यालेसमा कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबराले पनि बिहे गर्दैछन् ।

आज बैबाहिक बन्धनमा बाँधिन लागेका रेनशा र प्रज्ज्वलले वैशाख २७ गते काठमाण्डौको एक पार्टी प्यालेसमा भव्य पार्टीको आयोजना गर्दैछन् । रेनशाले प्रज्ज्वलको निर्माणमा तयार भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट आफूलाई निर्देशकको रुपमा उभ्याएका थिइन् । बैबाहिक, जीवनमा बाँधिन लागेका यी दुई जोडीलाई हाम्रो तर्फबाट शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment