+
+

आँधी प्रभावितलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २५ गते ११:५४

२५ वैशाख, वीरगञ्ज । आँधी प्रभावित बाराको फेटा गाउँपालिका-१ टोल भरवलीया कम्बल र भाँडा वितरण गरिएको छ । एआईपीपी थाइल्याण्डको सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बुद्धनगर काठमाडौंकोले राहत वितरण गरेको हो ।

आँधी प्रभावित ४ सय परिवारलाई प्रतिपरिवार एउटा कम्बल र डेक्ची वितरण गरिएको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनिमाया माझीले जानकारी दिइन् ।

उनले हावाहुरीले घरबारबिहीन बनेका र आफन्त गुमाएकालाई सबैले सहानुभूति र सहयोग गर्नुपर्ने बताइन् ।

नेपाल आदीवासी जनजाती महासंघ परिषद प्रदेश २ का वरिष्ठ उपाध्यक्ष कमलबहादुर पिठाकोठे मगर, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य जगत राईलगायतको टोली राहत वितरणका लागि भरवलिया पुगेका थिए । राहत लिन आएका हावाहुरी प्रभावितले भने राहत वितरणमा राजनीति भएको गुनासो गरेका थिए ।

उनीहरुले राहत वितरण गर्दा समन्वय कर्ता र जनप्रतिनीधिहरुले वास्तविक प्रभावितलाई नभइ आसेपासेलाई बढी राहत वितरण गरिएको आरोप लगाएका छन् ।

चैत १७ गते आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु भएको थियो भने १४ सय ५३ जनाको घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक तथ्याङक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?