+
+

कलैयामा इ अल्फाको नयाँ शोरुम

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २५ गते २१:१३

२५ वैशाख, काठमाडौं । महिन्द्रा टु ह्वीलर्सको नेपालका लागि आधिकारिक विक्रेता अग्नि मोटो इन्कले बाराको कलैयामा आफ्नो

आधिकारिक डिलर खोली ‘इ–अल्फा थ्री ह्वीलर’ सवारी प्रस्तुत गरेको छ।कम्पनीले यो गाडी तराई क्षेत्रका विभिन्न स्थानहरुमा प्रस्तुत गर्दै आएको छ।

कम्पनीले कलैयामा आफ्नो आधिकारिक डिलरको रुपमा ओम राइराम मोटर्सलाई नियुक्त गरेको छ।
शोरुममा सेवाग्राहीले महिन्द्रा थ्री ह्वीलर्स सम्बन्धी सम्पूर्ण सेवा सहजै प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार इ–अल्फा मिनिले विभिन्न शहरमा वसोवास गर्दै आएका नेपाली जनताहरुलाई आबद्ध गर्दै आएको छ। १ हजार वाटको मोटर तथा कन्ट्रोलर भएको यस सवारीमा ४८ भोल्ट १२० एएचको व्याट्री लाग्दछ ।

इ–अल्फा मिनिमा आकर्षक भित्री डिजाइन रहेको छ, रुवस्ट बडी, फुल क्यानोपी, स्टाइलिस ब्याक ड्यासबोर्ड, चुस्त सस्पेन्सन, तथा चेसिस र ठूलो बस्ने क्याविन रहेको छ।

यसमा धेरै भारबहन क्षमता, अधिकतम सुविधा रहेकोले अन्य प्रतिस्पर्धी सवारीहरुको तुलनामा यस चढ्न र चलाउन समेत बढी सहजता मिल्ने कम्पनीको दावी छ।

यस सवारीको विशेषता शून्य उत्सर्जन रहेको छ। यो पूर्ण रुपमा वातावरण मैत्री तथा सुरक्षित सवारीको रुपमा रहने कम्पनीको भनाइ छ।

सबै नयाँ इ अल्फामा कम्पनीले २ वर्षको वारेन्टी, व्याट्रीमा ६ महिनाको वारन्टी तथा ६ पटकसम्मको निःशुल्क सर्भिसिङ्ग उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?