
२५ वैशाख, काठमाडौं । सिद्धार्थ बैंकले ४ नयाँ शाखाको औपचारिक सुरुवात गरेको छ।
बैंकले काठमाडाैंको काँडाघारी, भक्तपुरको मध्यपुर थिमि, कैलालीको क्याम्पस चोक र अत्तरियामा गरि चार नयाँ शाखा खोलेको हो।
बैंकको काँडाघारी शाखाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, मध्यपुर थिमिको उद्घाटन प्रतिनिधि सभाका सदस्य महेश बस्नेत, क्याम्पस चोक शाखाको उद्घाटन धनगढी उप(महानगरपालिकाका मेय निर्पबहादुर ओड र अत्तरिया शाखाको उद्घाटन गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदले गरे।
बैंकले देशभर १५३ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखा रहित बैंकिङ सेवा, १६३ एटिएम र १३ सय भन्दा बढी पीओएस मेसिन मार्फत बैंकिङ कारोबार गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4