+
+

प्रधानमन्त्रीसँगै को-को उद्योगी-व्यवसायी भियतनाम जाँदैछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २६ गते १२:२६

२६ वैशाख, काठमाडौं । भियतनाम भ्रमणमा निस्किएका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उद्योगी व्यवसायीको ठलो टोली पनि त्यता जाँदै छ । भ्रमण टोलीमा व्यवसायी संघ संस्थाका नेतासहित एक दर्जन ब्यापारीहरु सहभागी छन् ।

टोलीमा उद्योग वाणिज्य संघ (एफएनसीसीआई)की अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष एवम् भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोर, परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, एफएनसीसीआईका उपाध्यक्ष चन्द्र ढकाल, नेपाल भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दीपक मल्होत्रा, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरी पनि छन् । नेपाल भ्रमण वर्ष २०२०का राष्ट्रिय संयोजक सुरज वैद्य पनि टोलीमा समावेश भएका छन् ।

नेपाल भियतनाम चेम्बर अफ कमर्सका सदस्य दिनेशप्रसाद श्रेष्ठ, पर्यटन व्यवसायी राजु ढकाल, शशीधर शर्मा, चेम्बर सदस्य दीपक पोखरेल पनि टोलीमा अटाएका छन् । लगानी वोर्डका सदस्य वालकृष्ण शिवाकोटी पनि टोलीमा छन्  ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?