+
+

सरकार असफलता ढाकछोप गर्न मिडिया नियन्त्रणमा लाग्यो : साझा विवेकशील

मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३० गते १५:०८

३० वैशाख, काठमाडौं । सरकारले आफ्ना असफलतालाई ढाकछोप गर्न मिडियालाई नियन्त्रण गर्न लागेको साझा विवेकशील पार्टीले आरोप लगाएको छ ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा पत्रकार सम्मेलन गरी साझा विवेकशीलले सरकारको डेढ वर्षे कार्यकाल अलोकपि्रय भएको भन्दै असफलता लुकाउन मिडिया नियन्त्रणमा लागेको दावी गरेको हो ।

राष्ट्रियता, जनजीवतका, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको सवालमा वर्तमान सरकारको डेढ वर्षे कार्यकाल अत्यन्त निराशाजनक, बदनामपूर्ण र अलोकपि्रय भएको परिप्रेक्षमा सरकार आफ्ना असफलताको ढाकछोप गर्न चाहन्छ । भ्रष्टाचार र कुशासन नियन्त्रण गर्न नसक्ने सरकारहरु सधैं मिडियालाई नियन्त्रण गर्न चाहन्छन् ,’ साझा विवेकशीलले भनेको छ ।

हालै संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयक संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस तथा स्वतन्त्रताको प्रत्याभूतिविरुद्ध भएको भन्दै तत्काल फिर्ता गर्न साझा विवेकशीलले माग गरेको हो ।

मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्ठा अनुदार लोकतन्त्र उन्मुख भएको भन्दै पार्टीले सरोकारवालाहरुसँगको परामर्शमा प्रेस र अभिव्यक्ति स्वतन्त्रता अनुकुल कानून निर्माण गर्न सरकारलाई सुझाव दिएको छ ।

यसअघि आइतबार नेपाली कांग्रेसले पनि पत्रकार सम्मेलन गरी सरकारले प्रेस स्वतन्त्रतामाथि कू गरेको भन्दै मिडिया काउन्सिल विधेयक संविधान विपरीत भएको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?