Comments Add Comment

यामाहाको हिमाली क्षेत्रमा रोमाञ्चक यात्रा

३० वैशाख, काठमाडौं । १२६०० फिटको उचाई १३१४ किमिको दूरी र ८ दिनको यात्रा । अप्ठ्यारा सडकहरु र ठाडो भिरालो बाटोहरु पार गर्दै चालकहरु अति सावधानीपूर्वक आखिर गन्तव्यमा पुगेरै छाडे ।

एफ १ प्रविधि र एबिएस जडित एफ जेड पहिलो त्यस्तो १५० सिसि समूहको बाइक हो, जसले कुनै पनि प्राविधिक समस्याहरु बिना यो कठिन यात्रा तय गरेको छ । यो रेकर्ड यामाहाले एफ जेडको पहिलो सिरिज प्रस्तुत गर्दा सगरमाथाको आधार शिविरमा राखेको रेकर्ड पछिको अर्को रेकर्ड हो ।

उक्त टिममा हिमालयन रोडिजका निणर्ायकहरु रेमनदास श्रेष्ठ, दिया मास्के, र सिजनका विजेता सागर सहित ११ जना आकाँक्षी रोडिजहरु थिए ।

“एफआइ प्रविधि यामाहाको डिएनए हो, जुन अब एबिएस युक्त छ, यसको साथमा हामी लोमाथाङ्ग र त्यो भन्दा पर फत्य गर्नेमा विश्वस्त थियौं ।” सिइओ चिरञ्जिवी शाहले भने ।

उनले अझ अघि भने “रोडिजहरुसँगको सहयात्रालाई हामीले अगाडी बढायौं जसले गर्दा हामीले यो प्रमाणित गर्न सक्यौं कि हाम्रा बाइकहरुले कस्तै कठिन अवस्थाको सडकलाई पनि झेल्ने क्षमता राख्दछ । साथै हाम्रो ग्राहकहरुलाई उत्पादनको कार्य क्षमतामाथि पुनः निर्धक्क प्रदान गर्न एवं नयाँ तथा उत्साहित चालकहरुको मनोबलमा विश्वास भर्न पनि हामीलाई मद्दत मिलेको छ । उत्पादनको भरोसासँगै हाम्रा ग्राहकहरु जसलाई हामी हाम्रो सद्भावना दूतको रुपमा विश्वास गर्दछौं, उहाँहरुको साथमा हामी यो यात्राको अवसर प्रदान गर्दछौं ।”

यामाहाले विगतमा पनि नियमित रुपमा यसप्रकारको बाइक चलाउने कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । तर, कार्यक्रमहरुमध्ये योसर्वाधिक ठूलो भएको कम्पनीको भना इछ ।

‘हामी सबै यामाहा चालकहरुसँग मजबुत ढँगले बाँधिन चाहन्छौं,’ एमएडब्लुका प्रवन्ध निर्देशक विष्णु अग्रवालले समापन समारोहमा चालकहरुलाई सम्बोधन गर्दै भने ।

उनले यामाहा ब्राण्डलाई विश्वास गरेकोमा एफजेड चालकहरु प्रति कृतज्ञता पनि व्यक्त गरे ।

“यामाहा मोटरसाइकलहरुले सुरक्षा र सुविधामा कुनै सम्झौता नगरी हँकाईलाई रोमाञ्चक बनाउने सुनिश्चित गर्दछ । यो यात्राले यामाहा एफजेडका चालकहरुलाई जीवन पर्यन्त मोटरसाइकल चलाउनुको अनुभव प्रदान गर्नेछ र चालक-चालबीच असाधारण भाइचाराको सम्बन्ध स्थापित गर्नमा योगदान पनि प्रदान गर्नेछ,”अग्रवालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment