Comments Add Comment

आयाक्स छोडेकोमा पछुतो छैन- फ्रेन्किई

२ जेठ, काठमाडौं । भरखरै स्पेनिस क्बल बार्सिलोनासँग अनुबन्धित भएको आयाक्स फ्रेन्किई डी जोङ आफ्नो निर्णयमा कुनै पछुतो नरहेको बताएका छन् ।

२२ वर्षीय मिडफिल्डर फ्रेन्किई आउने सिजनदेखि बार्सिलोनाबाट फुटबल खेल्ने छन् । उनलाई बार्सिलोनाले ७५ युरोमा आफ्नो क्लबमा भित्र्याएको हो ।

यो सिजनमा निकै सफल भएका उनले आफ्नो क्लब आयाक्सलाई दुई वटा घरेलु लिगको उपाधि दिलाए । त्यस्तै, आयाक्सले च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा गर्दा उनको प्रदर्शन उच्चकोटीको थियो । त्यही प्रदर्शनलाई नियाल्दै बार्सिलोनाले उनलाई भित्र्याएको हो ।

बुधबार राति डच लिगमा डी ग्राफ्सचापलाई ४-१ गोलअन्तरले पराजित गर्दै आयाक्सले उपाधि जित्यो । टिममा मुख्य खेलाडीको रुपमा फ्रेन्किई पनि थिए । आयाक्सलाई उपािध दिलाएपछि उनले बार्सिलोना जाने आफ्नो निर्णयबाट पछुतो नलागेको बताएका छन् ।

उनले भनेका छन्, ‘मलाई पछुतो छैन तर अफसोच लागेको छ । किनेभने मेरो विचारमा आयाक्स यो सिजन युनिक टिम देखिएको छ । हामीले धेरै रामाइलो गरका छौ । हामीले धेरै अनुवभसँगै उत्कृष्ट क्षणहरुपनि बटुलेका छौ । यो क्षण म सधै सम्भिरहनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment