Comments Add Comment

उपाधिका लागि बंगलादेश र वेष्ट इन्डिज खेल्ने

Photo Credit :  आईसीसी

२ वैशाख, काठमाडौं । आयारल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको उपाधिका लागि बंगलादेश र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुने भएको छ ।

बुधबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशले आयोजक आयरल्यान्डलाई ६ विकेटले पराजित गरेसँगै उपाधिका लागि वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने भएको हो । २९३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४३ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा लक्ष्य भेटायो ।

बंगलादेशका लागि लिटोन दासले ७६, टमिम इक्बलले ५७ र सकिब अल हसनले ५० रन बनाए । बलितर्फ बोयड रनकिनले दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको आयारल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २९२ रन बनाएको थियो । आयारल्यान्डका लागि पाउल स्टिर्लिङले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । उनले १४१ बलमा ८ चौका र चार छक्का प्रहार गर्दै १३० रन बनाएका थिए । त्यस्तै, कप्तान विलियम पोटरफिल्डले ९४ रन बनाए ।

बलिङतर्फ बंगलादेशका अबु जायदले ५ विकेट लिए ।

अब उपाधिका लागि बंगलादेशले वेष्ट इन्डिजसँग बिहीबार प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment