
२ जेठ, काठमाडौं । प्रहरीले श्रीखण्ड काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराजगञ्जका दिपक मिश्र छन् ।
महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी गोविन्दराज काफ्लेका अनुसार विजुली बजारस्थित घरमा खनतलासी गर्दा ३ सय ४७.३२ किलो श्रीखण्ड बरामद भएको थियो ।
घरमा रक्तचन्दन राखिएको सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो । तर, श्रीखण्ड फेला पर्यो ।
प्रहरी टोली त्यहाँ पुग्दा काठमाडौं महानगरपालिकाको टोली पनि सँगै थियो । पक्राउ परेका मिश्रलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यालय, काठमाडौं बुझाइएको छ ।
उनले आफूले टिम्बर ट्रेड प्रा.लि.मार्फत श्रीखण्ड विक्री गर्ने गरेको दाबी गरेका छन् । तर, प्रहरीले शंकास्पद देखिएको भन्दै अनुसन्धानका लागि वन कार्यालयमा बुझाएको हो ।
मिश्रले दिएको बयान अनुसार उनले ८ हजार रुपैयाँ प्रतिकिलो उक्त काठ विक्री गर्ने गरेका थिए । उनले प्युठानबाट काठ ल्याउने गरेका थिए ।
तस्वीरहरुः चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4