Comments Add Comment

एफए कपसँगै सिटीले बनायो ट्रेबलको रेकर्ड

काठमाडौं । वाटफोर्डमाथि शानदार जित हात पार्दै म्यानचेष्टर सिटीले एफए कपको उपाधि जितेको छ । उससँगै प्रिमियर लिग च्याम्पियनले यो सिजन घरेलु तीन वटै उपाधि जित्यो ।

इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले वाटफोर्डलाई ६–० गोल अन्तरले हरायो । उसका लागि गाब्रियल जेसिस र राहम स्टर्लिङले दुईदुई गोल गरे ।

खेलमा अग्रता भने डेभिड सिल्भाले दिलाए । उनले २६ औं मिनेटमा गोल गरेका थिए । जेसिसले ३८ औं मिनेटमा गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा २–० को अग्रता कायम गर्‍यो ।

दोस्रो हाफमा केभिन डी ब्रुयनले गाोल गरे । ६८ औं मिनेटमा जेसिसले दोस्रो गोल गरे । खेलको ८१ र ८७ औं मिनेटमा स्टर्लिङले गोल गरेपछि म्यानचेष्टर सिटी ६–० ले विजयी भयो ।

यसअघि नै काराबाओ कप र प्रिमियर लिग जितेको सिटीले यो उपाधिसँगै एकै सिजन घरेलु तीन उपाधिको रेकर्ड बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment