+

पाकिस्तानसँगको सिरिज इंग्ल्यान्डलाई

२०७६ जेठ  ६ गते ६:४४ २०७६ जेठ ६ गते ६:४४
पाकिस्तानसँगको सिरिज इंग्ल्यान्डलाई

६ जेठ, काठमाडौं । पाकिस्तानसँगको पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली इंग्ल्यान्डले जितेको छ ।

अन्तिम तथा पाँचौ खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेसँगै सिरिज ४-० ले जितेको हो । ३५२ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४६.५ ओभरमा सबै विकेटको क्षतिमा २९७ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका लागि कप्तान सर्फराज अहमद ९७ रनमा रन आउट भए । त्यस्तै बाबर अजाम पनि ८० रनमा रन आउट भए ।

इंग्ल्यान्डलाई जिताउन क्रिस वोक्सले पाँच विकेट लिए । त्यस्तै, आदिल रशिदले दुई विकेट लिए ।

यसअघि टस जिते पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३५१ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोइ रुटले ८४ रन बनाए । त्यस्तै कप्तान इओइन मोर्गनले ७६ रन बनाउँदा इंग्ल्यान्डले ठूलो स्कोर बनाउन सफल भएको थियो ।

पाकिस्तानका लागि सहिन शाह अपि|mदीले चार र इमाद वासिमले तीन विकेट लिए ।

इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो खेल भने वर्षाको कारण रद्द भएको थियो । बाँकी चार खेलमा जित हात पार्दै इंग्ल्यान्डले सिरिज जितेको हो । विश्वकपअघि भएको सिरिजमा गरेको क्लीन स्वीपले इंग्ल्यान्डको मनोबल बढेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय