७ जेठ, काठमाडौं । उनाई इमरेले आफू फेरिस सेन्ट जर्मेनमा रहँदा स्ट्राइकर केलिन एम्बाप्पे रियल मड्रिड जान लालायित भएको खुलासा गरेका छन् ।
फ्रान्सका फवार्डले हालै मात्र यदि पीएसजीमा मुख्य भूमिका नदिए क्लब छाड्ने संकेत गरेका छन् । रियल मड्रिड पनि उनलाई भित्र्याउन आतुर छ तर, लिग वान च्याम्पियन पीएसजीले आगामी सिजन एम्बाप्पे क्लबमा हुने दाबी गरेको छ ।
हाल आर्सनलका प्रशिक्षक रहेका इमरे विगत सम्झिँदै भनेका छन्, ‘(एम्बाप्पेलाई पीएसजीमा राख्न) हामी सबैले मेहनत गर्यौं ।’
‘मैले उनीसँग कुरा गरे । उनका पितासँग कुरा गरे र पीएसजीमै बस्न सहमत गराएँ’ उनले अघि भने, ‘उनी रियल मड्रिड जान चाहन्थे, जबकी उनीसँग बार्सिलोना जाने अवसर पनि थियो ।’
त्यसबेला उनी आँखा चिम्म गरेर रियल मड्रिड जान तयार भएको इमरेको दाबी छ । उनलाई पीएसजीमा राख्न निकै मेहनत गर्नु परेको भन्दै उनले भने, ‘उनले थप पैसा मागे, पीएसजीले दियो पनि ।’
प्रतिक्रिया 4