Comments Add Comment

राष्ट्रिय टिममा फर्किने अमृतको धोको

अस्ट्रेलिया । नेपालक फाष्ट बलर अमृत भट्टराईको कुनै एक बेला नेपालमा राम्रै चार्म थियो । तर, उनी एकाएक गायब जस्तै बने ।

उनले क्रिकेट छोडेका भने होइनन् । बाध्यात्मक परिस्थितिले उनलाई क्रिकेटबाट टाढा बनायो । तर फेरि उनी नेपाली घरेलु लिगबाट क्रिकेट करिअरलाई निरन्तरता दिने सोचमा छन् ।

अष्ट्रेलियामा बस्दै आएका अमृत नेपालका लिग खेल्ने मनस्थितिमा रहेको उनले बताएका छन् । घोडाको लिगामेन्ट च्यातिएर चोट ग्रस्त बनेका अमृत राष्ट्रिय टिममा हुँदाहुँदै बाहिरिनु परेको थियो । उनले राष्ट्रिय टिममा एउटा छुट्टै पहिचान बनाइसकेका थिए ।

अप्रेसनपछि उनी अष्ट्रेलियाका स्थानीय स्तरका विभिन्न लिग खेल्दै आएका छन् । उनले एडीलेड युनिभर्सिटी, बवेस्टर्न अस्ट्रेलियामा बेसिनडिनमा, मार्केट क्रिकेट क्लब होबर्टको टिम बाट खेलेका छन । उनले अस्ट्रेलियामा लेबल वन क्रिकेट प्रशिक्षणसमेत सम्पन्न गरेका छन् ।

सन् २००५ देखि यू-१५ बाट अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात गरेका अमृतले आफ्नो सपना राष्ट्रिय टिमबाट एकदिवसीय क्रिकेट खेल्ने रहेको बताएका छन् । उनले भने , ‘नेपाललाई एकदिवसीय मान्यता दिलाउन धेरै प्रयास गर्‍यौं । नेपालले एकदिवसीय मान्यता पाएकोमा धेरै खुशी लागेको छ । अबको मेरो लक्ष्य भनेको पनि राष्ट्रिय टिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नु हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment