+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

लोकमानका आफन्तले जग्गा फिर्ता माग्दा विद्यालयमा डोजर लाग्ने डर

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ८ गते १८:५६

८ जेठ, काठमाडौं । दाताको सन्तानले साढे चार दशकपछि जग्गा फिर्ता मागेपछि झापाको एउटा विद्यालयका २५ सय बढी विद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।

विर्तामोडस्थित मनमाया माध्यमिक विद्यालयमा जुनसुकै बेला डोजर लाग्न सक्ने भय सिर्जना भएको राष्ट्रियसभाका सांसद हरिचरण शिवाकोटी बताउँछन् ।

‘रिक्सा–ठेला चालकका छोराछोरीले पढ्ने विद्यालयको विपक्षमा अदालतको फैसला आएको छ’ झापा स्थायी घर भएका सांसद शिवाकोटी भन्छन्, ‘विद्यालय भत्किएपछि कहाँ पढ्ने भन्ने चिन्ता विद्यार्थीहरूमा देखिन्छ ।’

२०२४ सालमा स्थापना भएको मनमाया माविलाई भूपालमानसिंह कार्कीले ११ कठ्ठा जग्गा दान दिएका थिए ।

भूपालमानसिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीका बुबा हुन् । बाबुले दान दिएको जग्गा फिर्ता माग्दै छोरा जगतबन्धु र बुहारी अन्जु कार्कीले अदालतमा मुद्दा दायर गरेका थिए ।

जिल्ला र उच्च अदालत बिराटनगरले कार्की परिवारको पक्षमा फैसला गरेपछि विद्यालयको भविष्य अन्यौलमा परेको सम्बद्धहरू बताउँछन् । भूपालमानसिंह कार्कीले आफूले किनेको नभई राजा महेन्द्रले हुकुम प्रमांगीबाट प्राप्त जग्गा विद्यालयलाई दान दिएका थिए ।

सांसद शिवाकोटी जग्गाको मूल्य बढेपछि भूमाफियासँग मिलेर कार्कीले परिवारले मुद्दा दायर गरेको बताउँछन् । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै शिवाकोटीले भने, ‘सरकारले मुआब्जा दिएर हुन्छ कि के गरेर हुन्छ विद्यालय बचाउनु पर्‍यो । विद्यार्थीको भविश्य बर्बाद पार्नु भएन ।’

विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी आफूहरूले सम्बन्धित परिवारलाई भेटेर २५ सय विद्यार्थीको भविष्य संकटमा नपार्न पटक पटक आग्रह गरेको बताउँछन् । अंग्रेजी माध्यममा पढाई हुने यो विद्यालय प्रदेश एक कै नमुना विद्यालयको रुपमा परिचित छ ।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ जग्गा दान दिएको सम्पूर्ण प्रमाण हुँदाहुँदै विद्यालय बचाउन गाह्रो परेको बताउँछन् । भन्छन्, ‘हाम्रो मुख्य चुनौती भनेको पटकपटक उत्कृष्ट नतिजा दिइरहेको विद्यालय कसरी जोगाउने भन्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?