Comments Add Comment

बाह्य मुलुकका उत्पादनसँग भिड्दै यतीको पीभीसी कार्पेट

९ जेठ, हेटौंडा । हेटौंडामा रहेको एक उद्योगको उत्पादन  विदेशी राष्ट्रका उत्पादनसँग प्रतिस्पर्धामा छ । छिमेकी राष्ट्र भारतसँग प्रतिश्पर्धा गर्न नसक्दा मुलुकमा रहेका धेरै उद्योग रुग्ण बनिरहेको समयमा हेटौंडेली एक उद्योग भने तेस्रो मुलुकका उत्पादनलाई माथ खुवाउन सफल भएको  छ ।

विशेष कोठाको सजावट र व्यवस्थापनमा प्रयोग हुने स्पेशल कार्पेट उत्पादन गरीरहेको यति पोलिकेमको उत्पादन बाह्य मुलुक चाइना, मलेसिया र कोरियामा उत्पादन भएर नेपाल आउने पीभीसी कार्पेटसँग प्रतिश्पर्धा गर्दैछ ।

भारतीय उद्योगीले उत्पादन बन्द गरेपछि नेपाली उद्योगीले यो उदोग सञ्चालनमा ल्याएका हुन् । यो उद्योगको उत्पादनल नेपाली बजारमा बाह्य मुलुकबाट उत्पादन भएर भित्रिएका पीभीसी कार्पेटसँग प्रतिश्पर्धा गर्दै आफ्नो प्रभुत्व कायम राखेको छ ।

जुटका कार्पेटमा नेपाली बजारमा ख्याति कमाएको यतीले हेटौंडामा पीभीसी कार्पेट उत्पादन गर्दै आएको छ । उद्योगले उत्पादन गर्ने कार्पेट सुरुका समयमा छिमेकी राष्ट्र भारतसम्म जाने भएपनि अहिले नेपाली बजारमै उत्पादन बिक्री हुने गरेको प्रशासकीय प्रबन्धक प्रदिप केशर लामिछानेले बताए ।

उनका अनुसार उद्योगले दैनिक उत्पादन गर्ने ३० टन पीभीसी कार्पेट नेपाली बजारमै खपत हुने गरेको छ । अहिले पीभीसी कार्पेटको सिजन भएकाले उत्पादन भएको सबै खपतका लागि जाने गरेको उनले जानकारी दिए ।

उद्योगले अहिले बजार सुहाउँदो २५ देखि ६० एमएमसम्म मोटाई भएको कार्पेट उत्पादन गर्दै आएको छ । जसको बजार मूल्य ३ सय ५० देखि १ हजार रुपैयाँ प्रतिमिटर पर्ने उद्योगले जनाएको छ ।


प्रशासकीय प्रबन्धक लामिछानेका अनुसार माग आएमा नियमित उत्पादनभन्दा फरक मोटाई र मूल्य पर्ने कार्पेट पनि उद्योगले उत्पादन गर्ने गरिन्छ ।

मागअनुसार उत्पादित कार्पेटको उद्योग मूल्य न्युनतम् १२ सय रुपैयाँसम्म पर्ने बताए । उद्योगले उत्पादन गर्ने कार्पेटको माथिल्लो भागमा लाग्ने ‘क्लियर सीट’ प्लाष्टिक आफैले उत्पादन गर्ने तयारी गरेको छ ।

यसअघि भारतबाट ल्याउनु परेको उक्त प्लाष्टिक उत्पादनको लागि सबै व्यवस्था मिलाइसकेको लामिछानेले जानकारी दिए । क्लियर सिटका कारण उत्पादनमा पनि समस्या हुने भएकाले उद्योग आफैंले उत्पादन गर्न लागेको हो ।

उद्योगमा रिलायन्स ग्रुपको लगानी छ । उद्योगमा १ सय ३० जना कामदार कर्मचारी कार्यरत छन् । उद्योगले हाल फोहर व्यवस्थापनमा समस्या रहेको बताइएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग कार्पेटको ‘कटिङ’ गरेपछि निष्कने ठोस फोहर व्यवस्थापनको लागि आग्रह गरेपनि समस्या नसुल्झेको उद्योगले जनाएको छ ।

रिलायन्स समूहले नेपालमा सिमेन्ट र कागजमा लगानी गरिरहेको छ । समुहकै लगानीमा काठमाडौंमा सञ्चालित यती कार्पेट उद्योगमा आगलागी भएपछि नयाँ उद्योग जितपुरमा निर्माण भईरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment