Comments Add Comment

‘क्याल्कुलेटर’मा कक्रोज र बलेसँग साक्षी

शंकर थापा ‘स्माइल’को स्वर तथा संगीत रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत् ‘क्याल्कुलेटर’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा डिपी खनालको शब्द रहेको छ । गीतमा विजयता अधिकारीको पनि स्वर सुन्न सकिन्छ ।

हास्य टेलिसिरियल भद्रगोलमा ‘सिते बा’का रुपमा परिचित मधुसुदन पाठकको प्रस्तुतिमा तयार भएको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । भिडियोमा सिते बासँगै भद्रगोलकै हरिश निरौला ‘कक्रोज’, सागर लम्साल ‘बले’, कमलमणि नेपाल ‘खुपीका बाउ’को अभिनय रहेको छ । भद्रगोलका यी कलाकारसँग साक्षी संग्रौलाले नृत्य गरेकी छिन् ।

निर्देशक विष्टकै करियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियो सम्पादनको जिम्मा भने नविन निरौलाले लिएका छन् । भिडियोमा सुवोल थापा सहायक निर्देशकका रुपमा रहेका छन् ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment