+
+
Shares

‘भेरी बबई आयोजना कर्णालीको हितमा छैन’

रासस रासस
२०७६ जेठ १० गते १८:४१
Photo Credit : अनलाइनखबर फाइल

१० जेठ, वीरेन्द्रनगर । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजना कर्णाली प्रदेशको हितमा नभएको बताएका छन् । उनले यस आयोजनाबाट कर्णालीलाई लाभ नहुने भन्दै आयोजनाबाट निकालिने विद्युत्मा कर्णाली प्रदेशको सहभागिता हुनुपर्नेमा जोड दिए ।

नेपाल धितोपत्र बोर्डले शुक्रबार आयोजना गरेको कर्णाली प्रदेशका पत्रकारका लागि आर्थिक तथा धितोपत्र बजारसम्बन्धी तालिम प्रशिक्षण एंव अन्तरक्रिया कार्यक्रममा उनले आयोजनाबाट निकालिको विद्युतमा कर्णालीलाई पनि ३० प्रतिशतसम्म लाभ पाउने कुरा छलफल भएको बताए ।

‘भेरी बबई कर्णालीको ‘प्रोजेक्ट’ होइन, यसबाट प्रदेश पाँचलाई फाइदा पुग्छ’, उनले भने, ‘कर्णाली प्रदेशको भेरीको पानी प्रयोग भएबापत हामीले केही लाभ पाउनुपर्छ, आयोजनाबाट निकालिने विद्युत्मा हाम्रो पनि सहभागिता हुनुपर्छ ।’

आयोजनाबाट प्रभावित जिल्ला सुर्खेत र सल्यानलगायतका जिल्लालाई पनि आयोजनाबाट विशेष लाभ दिनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेपालको अर्थतन्त्र, धितोपत्र बजारलगायतका विषयमा सहजीकरण गरिएको थियो । कर्णाली प्रदेशका पत्रकारको सहभागिता थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?