Comments Add Comment

प्रदेशसभामा मोवाइल स्वीच अफ गर्न सभामुखको रुलिङ

१० जेठ, जनकपुरधाम । प्रदेश २ का सभामुख सरोज यादवले प्रदेशसभाको बैठकमा मोवाइलको स्वीच अफ गर्न आग्रह गरेका छन् । उनले अफ गर्न नसकिए कम्तीमा साइलेन्टमा राख्न सांसदहरुसँग भनेका छन् ।

प्रदेश सभाको बैठक चलिरहेकै समयमा चर्काे आवाजामा मोवाइलमा फोन आउने, बैठकमै मोवाइल चलाउने, फोनमा कुरा गर्ने र कुरा गर्दागर्दै बाहिर निस्किने क्रम बढेपछि सभामुख यादवले यस्तो आग्रह गरेका हुन् ।

शुक्रबारको प्रदेशसभा बैठकमा सभामुख यादवले योसहित तेस्रो पटक मोवाइल साइलेन्टमा राख्न आग्रह गरिसकिएको बताए । ‘यो तेस्रो पटकको आग्रह हो’ शुक्रबारको बैठक सम्पन्न हुन लाग्दा सभामुख यादवले भने, ‘माननीयज्यूहरु आगामी बैठकदेखि यस्तो नगरिदिनुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment