Comments Add Comment

प्रधानमन्त्री कपमा कर्णालीमाथि पुलिसको जित

१२ जेठ, काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो । १८६ रनको सामान्य चुनौती पछ्याएको कर्णाली प्रदेशले २७ ओभरको समाप्तिमा सबै विकेटको क्षतिमा ९१ रन मात्रै बनाउन सक्यो ।

कर्णाली प्रदेशका लागि सुशान्त थापाले २९, महेश खत्रीले १७ र दिनेश अधिकारीले १६ रन बनाए । कर्णाली प्रदेशलाई सस्तैमा समेट्ने क्रमम पुलिसका लागि आरिफ शेखले ४ र ललितनारायण राजवंशीले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा सबै विकेट गुमाउँदै १८५ रन बनाएको थियो । पुलिसका लागि दिलिप नाथ र कुशल भुर्तेलले उकासेका थिए । दिलिपले ७२ रन बनाए । त्यस्तै, कुशलले ६२ रन बनाए ।

बलिङतर्फ सुदन पोख्रेलले पाँच विकेट लिए । त्यस्तै, दिवन पुनले पनि दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment