+
+

विप्लवप्रति प्रधानमन्त्री गरम, गृहमन्त्री नरम !

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते २०:२१

१३ जेठ, काठमाडौं । श्रृङ्खलावद्ध बम विस्फोट गराएको भोलिपल्ट गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहलाई वार्तामार्फत मुलधारको राजनीतिमा ल्याउने बताइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आतंककारीको संज्ञा दिएका छन् ।

आइतबार काठमाडौंका सुकेधारा, घट्टेकुलोसहित तीन स्थानमा बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन् । बम बनाउने क्रममा विस्फोट भएको र मारिने चारै जना विप्लव समूहका कार्यकर्ता भएको पाइएको छ ।

आतंककारी समूह : प्रधानमन्त्री

राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव समूहबारे कडा टिप्पणी गरेका छन् । आइतबार साँझ विस्फोटका घटनाहरु भएको उल्लेख गर्दै उनले भने, ‘म त्यही आतंककारी समूहलाई सोधिरहेको छु, तिमीहरुको माग के हो ?’

जनताले सरकार बनाउने लोकतान्त्रिक व्यवस्था रहेको भन्दै उनले चुनावमा आउन चुनौती दिए । प्रधानमन्त्री ओलीले भने, ‘चुनावमा आउनु हुन्न किनभने उहाँहरुको जित्ने सम्भावना छैन । चुनावमा नजित्ने भएपछि भाग नलिने । अनि कहिँ सिलिण्डर पड्काएर, कहिँ बम हानेर निर्दोष जनता मार्ने, आतंकित बनाउने ।’

विप्लव समूह आंतककारी नै भएको र लुट्न मारका लागि क्रान्तिको नाम लिएको उनले बताए । भन्छन्, ‘आतंककारी यसकारण छन् कि पैसा उठाउने, सर्ताउने बाहेक केही उद्देश्य देखिँदैन ।’

प्रधानमन्त्री ओलीले देशलाई अशान्तितिर लैजाने प्रयासलाई सरकारले रोक्ने प्रष्ट पारे ।

मूलधारमा ल्याउँछौं : गृहमन्त्री

त्यसअघि संसदलाई सम्बोधन गर्दा गृहमन्त्री भने प्रधानमन्त्रीको तुलनामा नरम देखिएका थिए ।

विप्लव समूहले जनपरिषद्, जनसेनाको बनाएको सूचना दिएका उनले वार्ता र सम्वादमार्फत मुलधारमा ल्याउने बताए । विप्लव समूहले पछिल्लो समूह शान्ति र स्थायित्वलाई प्रभाव पार्ने गतिविधि गरिरहेको भन्दै उनले हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताए ।

‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्धारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ’ उनले भनेका छन्, ‘यो समूहलाई मुल धारमा ल्याउन र अपराधिक गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’

सरकारका एक मन्त्रीले भने विप्लव समूहबारे सरकारमा कुनै अस्पष्टता नरहेको दाबी गरेका छन् । उनले भने, ‘सरकारको लाइन प्रष्ट छ, वार्तामा आए सम्वाद हुन्छ । नआए उसका हिंसात्मक गतिविधि नियन्त्रण गर्छौं । यसमा इफ एण्ड बट छैन ।’

सरकारले विप्लव समूहमाथि २८ फागुनमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धसँग विप्लव समूहप्रति आक्रामक देखिएको प्रहरी प्रशासनले हेमन्तप्रकाश ओली सुदर्शन लगायतका नेताहरु पक्राउ गरेको थियो ।

केही अदालतको आदेशबाट छुटिसके भने केही थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?