
Photo Credit : श्यामकृष्ण दाहाल । २२ महिने छोरा सम्बोधनको हत्या गर्ने आमा सम्झना थापा ।
१४ जेठ, भोजपुर । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन् ।
२५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् । उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् ।
रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो ।
लघुवित्त कम्पनीमा काम गर्ने बालकका बाबु सूर्यबहादुर थापा भने कार्यालयको कामले सदरमुकाम वाहिर गएको पाइएको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए ।
प्रहरीले हत्यारा सम्झनालाई पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4