+
+

सारेगमप लिटिल च्याम्पमा तेस्रो भए प्रितम

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २६ गते २०:५२

काठमाडौं । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।

जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।

फाइनलमा ६ जना पुगेका थिए । सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै जजहरुलाई प्रभावित पारेमा थिए ।

२०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?