
३० जेठ, काठमाडौं । भारतीय वायु सेनाले एएन ३२ विमानमा सवार सबै १३ जना सैनिकको मृत्यु भएको बताएको छ । उक्त विमान ३ जुनमा असामको जोरहाटबाट उडान सुरु भएको केहीबेरमा सम्पर्क विच्छेद भएको थियो ।
३ जुनदेखि नै खोजी कार्यमा लागेको भारतीय वायु सेनाले ११ जुनमा अरुणाचल प्रदेशको सियाङ जिल्लामा दुर्घटना भएको पत्ता लगाएको थियो । दुर्घटना भएको विमान भेटिएपछि पनि त्यसमा सवार यात्रुबारे वायु सेनाले केही बताएको थिएन । तर बिहीबार भने भारतीय वायु सेनाले सबै सैनिकको मृत्यु भएको पुष्टि गरेको हो ।
भारतीय वायु सेनाले भनेको छ ‘यो जानकारी दिन हामीलाई धेरै दुख लागेको छ कि एएन ३२ मा सवार १३ जनामध्ये कोही पनि जीवित रहेनन्, सबै वीर सैनिकहरुमा श्रद्धाञ्जली अर्पण गर्दछौं ।’
यस मालबाहक विमान ३ जुनको दिउँसो १२ बजेर २७ मिनेटमा असमको जोरहाटबाट उडान सुरु गरेको थियो र एक बजेपछि एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएको थियो ।
प्रतिक्रिया 4