Comments Add Comment

चरेस र मरिचसहित तीन जना पक्राउ

२ असार, वीरगञ्ज । प्रहरीले लागू औषध चरेससहित दुई जनालाई वीरगञ्जबाट पक्रेको छ । पक्राउ परेका मध्ये एक जना महिला छिन् । प्रहरीले पर्साको छिपरमाई गाउँपालिका वडा नं ५ भिष्वा बस्ने ३२ वर्षीय इम्तियाज आलम र बाराको शितलपुर घर भइ हाल वीरगञ्ज महानगरपालिका वडा नंम्बर २ छपकैयामा डेरा गरी बस्ने ३२  वर्षीया मीना खातुन रहेका छन् ।

प्रहरी चौकी इनर्वा र लागू औषध ब्युरो शाखा कार्यालय पर्सा वीरगञ्जबाट खटिएको संयुक्त गस्ती टोलीले उनीहरुलाई वीरगञ्ज १६ रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको थियो ।

वीरगञ्जबाट बीआर २२एल८२५५ नम्बरकोे मोटरसाइकलमा रक्सौलतर्फ जाँदै गरेका उनीहरुको साथबाट लागूऔषध चरेि ५ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यता सशस्त्र प्रहरीले अवैध रुपमा मरिच भारततफै लैजाँदै गर्दा एक जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका- १६ इनर्वा बस्ने २६ वरषीय लालबाबु साह मरिचसहित पक्राउ परेका हुन् ।

वीरगञ्ज महानगरपालिका – १६ शंकरआचार्य गेट क्षेत्रबाट पक्राउ परेका उनको साथबाट भन्सार छली लैजादै गरेको १५ किलो मरिच बरामद भएको सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले जनाएको छ ।

बरामद गरिएको मरिचको भन्सार मुल्य ६ हजार रुपैयाँ रहेको अनुमान गरिएको छ । लालबाबुलाई मरिचसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment