Comments Add Comment

बझाङमा जीप दुर्घटनामा मृत्यु हुनेको सामूहिक अन्त्येष्टि

मष्टा गाउँपालिकामा सार्वजनिक विदा

४ असार, बझाङ । सोमवार भएको जिप दुर्घटनामा मृत्यू भएका ९ जनाको बुधबार सामुहिक दाहसंस्कार गरिएको छ ।

दुर्घटनामा मृत्यू भएका कोटदेवल गाउँका ९ जनाको सदरमुकाम नजिकको सेती नदी किनार धौलाबगरमा सामुहिक अन्त्येष्टि गरिएको हो ।

जिन्नाडा घर भएका जिप चालक सुरेन्द्र थापाको जिन्नाडिगाड र सेतीको दोभानमा अन्त्येिष्ट गरिएको छ । बझाङ जिल्लामा भएको यो अहिलेसम्मकै ठुलो सडक दुर्घटना हो ।

मृतकहरुलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि कोटलदेवलका स्थानीय र जिल्लाका विभिन्न ठाउँबाट सयौंको संख्यामा सर्वसाधारण आएका थिए । राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु जिल्ला अस्पताल सिमखेतबाट धौलाबगर आर्यघाटसम्मको शवयात्रामा सहभागी भएका थिए ।

दुर्घटनामा आमा जुनधारा खड्का, बुबा कलकबहादुर खड्का र भाइ सरोजलाई गुमाएका कोटदेवलका सन्देश खड्काले मृतकहरुलाई सामूहिक दागवत्ती दिएका थिए । सन्देशका भाइ सरोज र विपनाको शव खाल्डोमा गाडिएको थियो । हिन्दु संस्कार अनुसार ब्रतबन्ध नगरेका मानिसको लास नजलाउने भएकाले सरोज र विपनाको शव गाडिएको हो ।

धौलीदेवी खड्का र छोरा हिक्मत खड्कालाई धौलीका श्रीमान् भारतबाट आएर दागवत्ती दिएका थिए । दुई बालवालिकासहित नौ जनाको सामूहिक शवयात्रामा सहभागी भएका सबै जसो भाव विह्व्ल भएका थिए । मृतकका आफन्त र परिवारका सदस्यहरु रुँदारुँदै बेहोस भएका थिए । जिल्लामा भएको हालसम्मको ठूलो दुर्घटनाको शोकमा मष्टा गाउँपालिकाले बुधबार सार्वजनिक विदा दिएको छ ।

मंगलबार बसेको गाउँपालिकाको बैठकले मृत्यू भएका परिवारलाई किरिया खर्चबापत पाँच हजार दिने र घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको अध्यक्ष कर्णबहादुर कठायतले बताए । दुर्घटनामा अभिभावक गुमाएर विचल्लीमा परेका बालबालिकाको पालनपोषण र शिक्षाको बारेमा पनि छलफल भइरहेको उनले बताए ।

भुवनबहादुर सिंहको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment