Comments Add Comment

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको छ : प्रचण्ड

'एकताबाट दायाँबायाँ गर्ने छुट छैन'

५ असार, पाेखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको बताएका छन् । तर प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले उनले चाहेको बेला पुनर्गठन हुने बताए ।

बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने, ‘म पनि अध्यक्ष भएकाले बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको छ ।’

आफू काठमाडौं फर्किएपछि फेरि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माओलीसँग छलफल गर्ने उनले बताए । त्यसपछि मात्र केही भन्न सकिने भन्दै उनले भने, ‘ठोस निर्णयमा पुगिसकेको छैनौं ।’

एकताबाट दायाँबायाँ गर्ने छुट छैन

प्रचण्डले पार्टी एकताका बाँकी कामलाई पूर्णता दिन आफू र अर्का अध्यक्ष ओलीबीच कुराकानी भइरहेको र शनिबार सचिवालय बैठक राखिएको बताए । पार्टी र सरकार सञ्चालनबारे भएका सहमतिका सन्दर्भमा आफूले बोलेका विषयलाई गलत ढंगले प्रचार भइरहेको भन्दै उनले भने, ‘मेलै भनेर सुरु भयो जसरी प्रचार भएको छ, यो सत्य होइन । मैले बोल्नुभन्दा पहिले सार्वजनिक भएका थिए ।’

यसबाट पनि कसैले खेल्न खोजेको छ भन्ने प्रष्ट भएको उनले बताए । ‘एकता प्रक्रिया र त्यसबेला गरेका प्रतिवद्धतामा दयाँबायाँ गर्ने छुट कसैलाई पनि छैन’ उनले भने, ‘जनताले अनुमोदन गरिसकेपछि एकता प्रक्रिया र संकल्प बाहिर जान मिल्दैन ।’

विधेयकमा जनअसन्तुष्टि देखिए

नेकपा अध्यक्ष प्रचण्डले गुठीलगायतका केही विधेयकमा जनसअुन्तुष्टि देखिएको स्वीकारेका छन् । एकातिर विधेयकबारे सबैलाई समयमै बुझाउन नसकेको र अर्को विधेयक निर्माणका क्रममा सरोकारबालासँग परामर्श नहुँदा यो अवस्था आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment