+
+

बालसेनाको विषय अन्तर्राष्ट्रियकरण गरेँ : विष्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते १५:३२

६ असार, बार्सिलोना । युरोप आएका पूर्वलडाकु लेनिन विष्ट शुक्रबार नेपाल फर्कदै छन् । बिगत ३ महिनादेखि युरोपमा रहेका उनी बहिर्गमित जनमुक्ति सेना नेपालका संयोजक समेत हुन् ।

सशस्त्र द्वन्द्वका क्रममा भएको बालसैन्य प्रयोगबारे उनले अन्तर्राष्ट्रिय युद्ध अपराध अदालत हेगमा समेत पुगेर अधिकारीहरुसँग छलफल गरेका थिए । युरोप बसाईको क्रममा संयुक्त राष्ट्रसंघ अन्तर्गत  बालबालिका तथा सशस्त्र हिंसामा परेकाहरूका लागि राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि भर्जिनिया गाम्बासँग भेटवार्ता गर्दै ज्ञापनपत्र बुझाए ।

उनले नेदरल्यान्ड, बेल्जियम, जर्मनी, स्विटजरल्याण्ड र फ्रान्सका सांसद तथा अधिकारीहरुसँग भेटवार्ता गरे। युरोपका बिभिन्न विश्वविद्यालयमा पुगी आफूले भोगेका अनुभवहरु सुनाउदै  द्वन्द्वकालमा भएको बालबालिकाको प्रयोगबारे जानकारी गराए ।

युएन र ईयुले छिट्टै रिपोर्ट निकाल्ने दाबी

नेपाल फर्कनुअघि अनलाइनखबरसँग कुराकानी गर्दै विष्टले बालसेनाबारे अन्तर्राष्ट्रियकरण गर्न सफल भएको बताए।  ‘आईसीसी, युएन, युरोपियन युनियनदेखि सबैतिर जे गर्नुपर्ने हो गरेँ, अब रिजल्ट आउन समय लाग्छ । मुख्य कुरा त बालसेनाको प्रयोगको विषय अन्तर्राष्ट्रियकरण गर्न सफल भएँ’ उनले भने ।

नेपाल सरकारले संयुक्त राष्ट्र संघ र युरोपियन युनियनमा झुटा रिपोर्टहरु प्रस्तुत गर्ने गरेको बिष्टको भनाइ छ । ‘युएनमा सधै सरकारले राम्रो राम्रो रिर्पोट बुझाउथ्यो, भिक्टिमको कुरा सम्बोधन भयो भन्थ्यो, त्यो चाहिँ होइन रहेछ भन्ने कुरा प्रमाणित भयो ।  युएनले अब विस्तारै रिपोर्ट निकाल्छ होला, ईयुले पनि विस्तारै नेपालको ट्रान्जिसनल जस्टिसमा बालसेनाको कुरा समेट्नुपर्छ, सम्बोधन गर्नुपर्छ भनेर निकाल्छ होला’ विष्टले भने ।

नेपालमा आफूलाई ज्यान मार्ने धम्कीसमेत आएको भए पनि फर्कन लागेको उनले बताए । ‘सुरक्षा छैन नजानु भन्नेहरु छन् तर नेपालबाटै लड्नुपर्छ भन्ने मेरो भनाइ छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?