Comments Add Comment

‘छुवाछुत उन्मुलनमा राज्य असफल’

७ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले छुवाछुत उन्मुलनमा राज्य असफल भएको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले सनिबार राजधानीमा गरेको अन्र्तरक्रियामा अध्यक्ष शर्माले छुवाछुत उन्मुलनसम्बन्धी नीति तर्जुमा गर्न असफल भएको बताउका हुन् ।

छुवाछुतसम्बन्धी विद्यमान ऐन देखाउनका लागि मात्रै ल्याइएको उनको टिप्पणी छ । शर्माले भने, ‘अहिलेको प्रस्तुत छुवाछुत विरुद्धको ऐनबाट कोही त्रसित हुँदैन । त्यो ऐन हुनु नहुनु केही फरक छैन । त्यसैले अहिले सम्मको हाम्रो डिजाइन फेलियर छ । कसरी छुवाछुत उन्मुलन गर्ने ? किन भएन त यत्तिका बर्ष हुँदा ? त्यसकारण कहीँ डिफेक्ट छ । डिजाइनको डिफेक्ट छ । कहीँ कार्यान्वयन गर्ने तरीकाको डिफेक्ट छ ।’

अध्यक्ष शर्माले दलित समुदायलाई पनि आफ्नो हक अधिकारका लागि एग्रेसिप भएर अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा सहभागीहरुले चेतनाको विकासले मात्रै छुवाछुतको अन्त्य नहुने भन्दै नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment