+
+

बर्दियामा बस दुर्घटना हुँदा १२ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते ११:१०

८ असार, काठमाडौं । काठमाडौंबाट बझाङतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार, आइतबार बिहान ६ बजे बर्दियाको बारबर्दिया–७, रम्मापुरमा ना ६ ख १३३९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटनाग्रस्त भएको हो ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनापछि बस चालक फरार भएका छन् । उनको खोजतलास भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?