+
+

हरियारसहित विप्लव समूहका दुई नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ९ गते १५:०४

९ असार, विराटनगर । अटोमेटिक पेस्तोल र गोलीसहित मोरङ प्रहरीले विप्लव समूहका दुई नेतालाई पक्राउ गरेको छ ।

अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको हो । धिमाल विप्लव समूहका सक्रिय कार्यकर्ता हुन् । राई केही महिनाअघि समुहले जनपरिषद प्रमुख घोषणा गरेका व्यक्ति हुन् ।

पक्राउ परेकाहरुको साथबाट अटोमेटिक पेस्तोल २ थान, सो पेस्तोलमा लाग्ने ४ नाल म्यागजिन र १४ राउण्ड गोली बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीले आज उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?