+
+
Shares

छायाँ गृहमन्त्रीको प्रश्न–विप्लवको चार कम्पनीबारे सरकार के गर्दैछ ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ९ गते १५:२२

९ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले आन्दोलनरत विप्लव समूहको विषयमा समाधान खोज्न ढिलाइ भइरहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बडुले भने, ‘माननीय गृहमन्त्रीले केही दिन पहिले संसदमा सार्वजनिक महत्वको वक्तव्य दिँदै विप्लव समूहको हेडक्वाटर सहित चार कम्पनी रहेको बताउनु भएको थियो । आन्दोलनरत पक्षसित कुन रुपमा समाधानको बाटो खोज्दैछ ?’

कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री समेत रहेका बडुले विप्लव समूहलाई वार्ता र संवादका माध्यमबाट मूल प्रवाहमा ल्याउने कुरामा ढिलाई भइरहेको बताए ।

विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई नियन्त्रणमा लिएर मारिएको भन्ने कुरा आएकाले गृहमन्त्रीले त्यस विषयमा संसदलाई यथार्थ जानकारी गराउनुपर्ने बडुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?