Comments Add Comment

विराटनगर महानगरपालिकामा जेठसम्मको राजस्व ३० करोड

९ असार, विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि तोकेको लक्ष्य भन्दा आधा मात्र राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षमा महानगरपालिकाले ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखे पनि जेठ महिनाको अन्त्यसम्म ३० करोड २१ लाख रुपैयाँमात्र संकलन गरेको हो ।

महानगरपलिकाले गत साउनदेखि राजस्व संकलनलाई प्रभावकारी बनाउन १९ वडा कार्यालयमा राजस्व संकलन काउण्टर खोलेको थियो । गत आर्थिक वर्ष २७ करोड राजस्व संकलन भएको थियो ।

महानगरका सूचना अधिकारी नन्दीकेशर भण्डारीका अनुसार गत साउन १ गतेदेखि जेठ २९ गतेसम्म ३० करोड २१ लाख २५ हजार ७४४ रुपैयाँ ९३ पैसा मात्र संकलन भएको छ ।

सर्बसाधारणको सहजताका लागि महानगरपालिकाले राजस्व संकलनलाई विकेन्द्रीकरण गरे पनि राजस्व संकलन उत्साहजनक हुन सकेन । महानरगले राजस्व संकलनमलाई कम्युटर सिस्टममा उतारेर सबै वडाका कम्युटर अपरेटर सहित राजस्व संकलन युनिट खटाएको थियो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तुलनात्मक रुपमा लक्ष्य बढी राखिएको बताउँछन् । उनका अनुसार महानगरपालिकाको लक्ष्य पूरा नभए पनि राजस्व संकलन असार मसान्तसम्म बढ्नेछ । आर्थिक वर्षको अन्त्यमा कर तिर्ने प्रचलन बढी भएका कारण बढ्ने उनको भनाइ छ ।

कुन शीर्षकमा कति कति कर ?

महानगरपालिकाले २१ शीर्षकमा राजस्व संकलन गरिरहेको छ । २१ शीर्षकमध्ये सबैभन्दा बढी सम्पत्ति करमा राजस्व संकलन भएको छ ।

गत साउनदेखि जेठसम्म सम्पत्ति कर ७ करोड, ५९ लाख ३६ हजार ८४ रुपैयाँ संकलन भएको छ । सम्पत्ति करपछि नक्सापास दस्तुर ४ करोड १४ लाख ४९ हजार ३ सय ९९ रुपैयाँ ३२ पैसा संकलन भएको छ ।

घरबहाल कर २ करोड १२ लाख ९६ हजार ८ सय १४ रुपैयाँ संकलन भएको छ । भूमिकर तथा मालपोत तर्फ १ करोड ४४ लाख ९९ हजार ७२७ रुपैयाँ संकलन गरेको छ ।

प्रशासनिक दण्ड जरिवाना तर्फ १ करोड १२ लाख ३० हजार १६१ रुपैयाँ संकलन गर्दा अन्य दस्तुर ३ करोड १५ लाख ७७ हजार रुपैयाँ संकलन गरेको छ । महानगरले सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्क शीर्षकमा १ हजार ५ सय राजस्व संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment