+
+

अधुरो विद्यालय भवन बनाउन आर्थिक संकलन गर्दै एनएए

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १० गते १०:३०

सिड्नी । अस्ट्रेलियामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसिएसन (एनएए) ले नुवाकोटको विद्यालय भवन बनाउन आर्थिक सहयोग जुटाउने अभियान सुरु गरेको छ ।

२०७२ को भूकम्पबाट क्षति भएको तादी गाउँपालिका–१ को गंगादेवी प्राथमिक विद्यालय पुनर्निर्माणका लागि एनएएले आर्थिक सहयोग जुटाउन लागेको हो ।

विद्यालय निर्माणका लागि पहिलो चरणमा ३१ हजार अस्ट्रेलियन डलर सहयोग पु¥याएको एनएएले लायन्स क्लव अफ काठमाडौंसँगको सहकार्यमा निर्माणाधीन पाँचकोठे विद्यालय भवन निमार्णका लागि सहयोग पु¥याउन ३० जुनमा अर्थ संकलन गर्न लागेको हो ।

निमार्ण समग्रीमा भएको मूल्यवृद्धिलगायतका कारणले भवन निर्माण खर्च बढेकोले थप सहयोगको लागि अर्थ संकलन कार्यक्रम गर्न लागेको अध्यक्ष पुडासैनीले बताए ।

अर्थ संकलन कार्यक्रममा चर्चित कलाकारले सांगीतिक प्रस्तुति दिने तय भएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा नेपाली दूतावास, महावाणिज्यदूतको कार्यालय न्यु साउथ वेल्स, न्यु साउथ वेल्स सांसदका उप सभामुख मार्क कुरी, छाया बहुसास्कृतिक मन्त्री तथा सांसद् सोफी कोटिस्ट स्थानीय काउन्सिलका काउन्सिलरहरुको पनि सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?