
१० असार चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्र्तगतको वन संकाय हेटौंडाको नयाँ शैक्षिक भवनको सोमबार शिलान्यास गरिएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भवनको शिलान्यास गरेका हुन् ।
पाँच तलामा २० वटा कोठा निर्माण गरी बनाउन लागिएको भवनको लागत ९ करोड ८८ लाख रहेको विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. मनराज कोलाक्षपतिले जानकारी दिए । दुई बर्षभित्र निर्माण पूरा गरिसक्ने गरी ठेक्का सम्झौता गरिएको कोलाक्षपतिले बताए ।
भवन निर्माणका लागि चालु आर्थिक बर्षमा ३ करोड रकम विनियोजन भएको छ । बाँकी रकम आगामी आर्थिक बर्षमा व्यवस्था गरिने रजिष्ट्रार प्रा.डा. कोलाक्षपतिले बताए । विश्वविद्यालयले हेटौडामा बिएससी फरेष्ट्रिदेखि पिएचडीसम्म पढाउँदै आएको छ ।
त्रिविले निर्माण गरेको पुरानो भवन निकैं जीर्ण भएको र पठनपाठन गराउनसमेत समस्या भएको हुँदा आधुनिक सुविधासम्पन्न भवन निर्माणमा विश्वविद्यालय लागेको उनले बताए ।
प्रतिक्रिया 4