११ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई न्यूनतम दुई रुख रोप्न निर्देशन दिएको छ । सरकारले असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसका रुपमा मनाउँदैछ र देशभर वृक्षारोपण कार्यक्रम हुँदैछ ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सबै जिल्ला कमिटीलाई पत्र पठाएर वृक्षारोपणमा सहभागी हुन निर्देशन दिएको छ ।
साथै आम कार्यकर्ता, पार्टी सदस्य एवं समर्थक–शुभचिन्तकलाई वृक्षारोपण कार्यक्रममा सहभागी हुन र आफ्नो निजी घरजग्गा वा सार्वजनिक स्थानमा न्यूनतम २ वटा रुख रोप्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4