+

रोनाल्डोको टिम युभेन्टसमा डी लिग्ट

२०७६ असार  १२ गते १६:१८ २०७६ असार १२ गते १६:१८
रोनाल्डोको टिम युभेन्टसमा डी लिग्ट

१२ असार, काठमाडौं । डच क्लब आयाक्सका कप्तान माथिस डी लिग्ट इटालियन क्लब युभेन्टस आउने भएका छन् ।

पाँच वर्षको लागि युभेन्टसले डी लिग्टलाई आफ्नो क्लबमा भित्र्याउन लागेको हो । युभेन्टसले उनलाई ७० मिलियन युरोमा क्लबमा भित्र्याउने तयारीमा छ । डी लिग्टले वाषिर्क १२ मिलियन युरो पाउनेछन् । त्यस्तै, उनको १५० मिलियन युरो रिलिज क्लोज राखिएको छ ।

उनलाई आफ्नो क्लबमा भित्र्याउन बार्सिलोना, म्यान्चेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन क्लब दौडमा थिए ।

यसअघि उनले आफुलाई विश्वचर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले इटालियन सिरि ए च्याम्पियन क्लब युभेन्टस आउन आग्रह गरेको बताएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय