+
+
Shares

ब्लू बुकमा पैसा च्यापेर प्रहरीलाई घुस दिन खोज्दा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १६ गते १७:३९

१६ असार, झापा । झापाको भद्रपुर–१०, एसपी मोड अगाडि प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्दा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा–५ का ३१ वर्षीय उमाकान्त राजवंशी छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका एसपी दिनेशराज मैनालीका अनुसार ना २ ख ८३६० नम्बरको ट्रक चालक राजवंशीले ड्यूटीमा खटिएका प्रहरी जवान राजु राजवंशीलाई घुस दिएका थिए ।

‘सवारी दर्ता किताबको बीचमा राखेर घुस दिन खोजेपछि हाम्रा कर्मचारीले नियन्त्रणा लिएका थिए’, मैनालीले भने, ‘अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौं ।’

एसपी मोडमा अस्थायी प्रहरी पोष्ट, चन्द्रगढीले चेकजाँच गरिरहेको थियो ।

यसैबीच, झापाको मेचीनगर नगरपालिका-१३ चारआली ट्राफिक पोष्ट अगाडिबाट पनि प्रहरीले एकजना ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

ना६ख ११६८ नम्बरको ट्रकका चालक मकवानपुर मनोहरी-२ का ४६ वर्षीय इन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा तामाङले गाडीको कागजात नभएको भन्दै कागजमा बेरेर प्रहरीलाई १०० रुपैयाँ घुस दिएको प्रहरीको दावी छ ।

उनलाई इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?