+
+
Shares

समाजवादी पार्टीका नेता पराजुली र धमला नेकपा प्रवेश गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते १४:०६

१८ असार, काठमाडौं । समाजवादी पार्टीका नेता देवेन्द्र पराजुली र कल्पना धमला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन् । नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेसँगै उनीहरु असन्तुष्ट थिए ।

भोलि बिहीबार पार्टी प्रवेश कार्यक्रम राखिएको छ । धमलाले पनि नेकपा प्रवेश गर्न लागेको स्वीकार गरिन् । ‘नयाँ वैकल्पिक शक्ति चाहिएको छ र हामी त्यो बनाउन हिँडेको पनि हो । त्यसमा कुनै पश्चाताप छैन’ धमलाले भनिन्, ‘तर कोर्स बदलेर सबै एकै ठाउँमा आएपछि कुनमा आवद्ध हुने भन्ने प्रश्न मात्र रह्यो ।’

हिजोको माओवादीको मूल नेतृत्व नेकपामा रहेकाले त्यहाँ आवद्ध हुन लागेको उनले बताइन् । धमला डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी विज्ञान प्रविधि मन्त्री भएकी थिइन् । धमलासँगै नेकपा प्रवेश गर्न लागेका देवेन्द्र पराजुली उनका पति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?