+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

विप्लवका गोरखा इन्चार्ज र सेक्रेटरी पुनः पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते २१:०९

१८ असार, गोरखा । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिलदेव भट्ट पुनः पक्राउ परेका छन् ।

तनहूँ कारागारबाट धरौटीमा रिहा भएलगतै मंगलबार उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको थियो । जिल्ला प्रशासन कार्यालय तनहूँले जनही २ हजार धरौटी रकम बुझाउन आदेश गरेपनि उनीहरुले इन्कार गरेपछि पुर्पक्षका लाग कारागार पठाइएको प्रहरीले जनाएको छ ।

मंगलबा तोकिएको धरौटी रकम बुझाएर छुटे लगतै तनहूँको प्रशासन कार्यालय परिसरबाटै उनीहरुलाई पुन पक्राउ गरिएको हो । ‘गोरखामा बम बिष्फोट सम्बन्धि मुद्धा दर्ता भएकाले थप अनुसन्धानका लागि भन्दै पक्राउ पुर्जी आएको थियो,’ तनहूँका एसपी बिनोद सिलवालले भने, ‘त्यही आधारमा हामीले पक्राउ गरेर गोरखा प्रहरीलाई बुझाएका हौं ।’

मंगलबार पक्राउ परेका कुमाल र भट्टलार्इ सोही दिन जिल्ला प्रहरी कार्यालय गोरखा ल्याइएको छ । उनीहरुविरुद्ध बिष्फोटक पदार्थ सम्बन्धि मुद्धा दर्ता हुने जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी महेन्द्र नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?